काठमाडौं । सरकारले पत्रकारलाई गिरफ्तार नगरेको बताएको छ। सिंहदरबारमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारलाई आन्तरिक अनुसन्धानका लागि प्रहरीले सल्लाह मात्र गरेको बताए।

पत्रकार पक्राउ प्रहरीको आन्तरिक कुरा भएको बताउँदै उनले यसअघि सरकारलाई जानकारी नभएको बताए।

‘सरकारसँग पूर्ण अनुमति लिएर वा के गरेर गरेको होइन। त्यसमा सरकार वा प्रधानमन्त्रीज्यूलाई केही थाहा थिएन’, उनले भने, ‘प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको भएर सोधपुछका लागि गरेको हो।’

प्रधानमन्त्रीलाई यसको जानकारी आउनासाथ पत्रकारलाई हिरासतमा नराख्न निर्देशन दिइएको बताउँदै उनले भने,‘कसैलाई गिरफ्तार गरेको वा नियन्त्रणमा लिएको भने होइन।’

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This