काठमाडौं । पदबाट हटाइएका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सर्वोच्च अदालत गए पहिलो दृष्टिमै पुनर्बहाली हुने सम्भावना रहेको अधिवक्ता स्वागत नेपालले बताएका छन्।

उनले सरकारले कार्कीलाई पदबाट हटाउनुअघि स्पष्टीकरण मागेर त्यसको जवाफ चित्त नबुझेको अवस्था नरहेको भन्दै अदालतबाट पुनर्बहालीको आदेश आउन सक्ने तर्क गरेका हुन्।

‘आईजीपी कार्की अदालत जानुभयो भने पहिलो दृष्टिमै पुनर्बहाली हुने सम्भावना छ,’ उनले भने, ‘सरकारले स्पष्टीकरण सोधेर आईजीपीको जवाफ चित्त नबुझेको अवस्था होइन।’

सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेपछि उनी कानुनी उपचारको तयारीमा छन्। यस विषयमा कार्कीले आफू निकट कानुन व्यवसायीसँग परामर्श गरिरहेको स्रोतले जनाएको छ।

अधिवक्ता नेपालले प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारका रूपमा आईजीपी नै रहने व्यवस्था रहेको दाबी गर्दै त्यसका लागि छुट्टै पद सिर्जना गर्नुपर्ने औचित्यमाथि समेत प्रश्न उठाएका छन्।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This