काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति गगन थापासँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन् ।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले मंगलबार थापासँग भेट भएको पुष्टि गरेका हुन् । भेटवार्ताबारे पत्रकारले राखेको जिज्ञासामा उनले राजनीतिक विषयमा राम्रो कुराकानी भएको बताए ।

‘उहाँसँग खास राम्रो कुरा भयो, राजनीतिक कुराकानीहरू भए,’ ओलीले भने ।

यसैबीच, नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकारप्रति व्यङ्ग्य गरेका छन् ।

डा. मनोज केसीलाई प्रहरी प्रमुख नियुक्त गरिएको विषयमा टिप्पणी गर्दै ओलीले ‘उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला’ भन्दै व्यङ्ग्य गरेका हुन् ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This