काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दानबहादुर कार्कीलाई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)को जिम्मेवारीबाट हटाएर नयाँ आईजीपी नियुक्त गरिएको विषयमा प्रश्न गरेका छन्।
उनले प्रहरी संगठनको नेतृत्व परिवर्तनले प्रहरी कर्मचारीको मनोबलमा कस्तो प्रभाव पारेको छ र नयाँ आईजीपी नियुक्तिमा बिचौलियाको भूमिका थियो कि थिएन भन्ने प्रश्न गरेका हुन्।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आईजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो? यो आईजीको नियुक्तिमा बिचौलियाले काम गर्यो कि गरेन?’
सरकारले बुधबार मन्त्रिपरिषद् बैठकबाट दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएको छ। उनको स्थानमा एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको छ।
प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया