काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । एकैदिन भएको यो ठूलो वृद्धिसँगै सुनको मूल्य नयाँ उचाइतर्फ पुगेको छ ।
महासंघका अनुसार बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि उल्लेख्य बढेको छ । बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ ।
प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया