काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पक्राउ गर्न परिचालन भएको प्रहरी टोली फर्किएको छ।
सभापति थापालाई आजै पक्राउ गर्ने सुचना लिक भएपछि सम्भावित अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री कार्यालयबाटै आजका लागि पक्राउ प्रक्रिया अघि नबढाउन निर्देशन आएको स्रोतको दाबी छ। केहि घण्टा अघि थापालाई आजै पक्राउ गर्ने तयारीका साथ बिशेष व्युरो सहितको प्रहरी टोली परिचालन भएको समाचार ग्लोबल नागरिकमा प्रकाशन भएको थियो।
इनम सापकोटासँग जोडिएको प्रकरणको अनुसन्धानका क्रममा थापालाई आजै सानेपाबाट नियन्त्रणमा लिन नेपाल प्रहरीको विशेष ब्युरोका सहितको प्रहरी टोली परिचालन भएको थियो।
स्रोतका अनुसार प्रहरी टोलीले गत शुक्रबारदेखि नै थापाको गतिविधिमाथि निगरानी तथा रेकी गरिरहेको छ। बिहीबार थापा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा रहेको सूचना पाएपछि उनलाई नियन्त्रणमा लिन प्रहरी टोली त्यहाँ पुगेको थियो।
तर, प्रधानमन्त्री कार्यालयबाटै आजका लागि रोक्न भनिएपछि टोली कुनै कारबाही नगरी फर्किएको स्रोतले जनाएको छ
प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया