काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार राति भएको उक्त घटनामा पक्राउ पर्नेमा सुजन तामाङ रहेका छन्। उनी सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई लुटपाट गर्ने गतिविधिमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले तामाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको जनाएको छ। प्रहरीको गोली लागेर उनको दायाँ खुट्टामा चोट लागेको छ।
डलर साट्ने बहानामा ठगी तथा लुटपाट गर्दै आएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया