काठमाडौं । स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक हटाउने सरकारको निर्णयबारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले जबाफ दिएका छन् ।
लामिछानेले निर्णयको औचित्य पुष्टि गर्न सरकारलाई चुनौती दिएका थिए ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत देश र पार्टी जोगाउने फरक भएको टिप्पणी गरेका छन् ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नै प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने पार्टी नेतृत्वको सरकारको निर्णयबारे प्रश्न उठाएपछि प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले यसप्रति समेत लक्षित गर्दै जबाफ दिएका छन् ।

सभापति लामिछानेले बिहीबार आईजीपी हटाउने निर्णयको सरकारले औचित्य पुष्टि गर्ला भन्दै प्रतिक्रिया दिएका थिए । रास्वपाका अन्य नेताले पनि उक्त निर्णयबारे पार्टीसँग सरकारले छलफल नगरेको भन्दै प्रश्न उठाएका थिए ।

त्यसपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जबाफसहित टिप्पणी गरेका हुन्। उनले सरकारको निर्णयबारे प्रश्न उठाइएपनि आफू नेतृत्वको सरकार देश जोगाउनतर्फ लागेकाले पार्टीले पनि आस गरेको आशयसहितको टिप्पणी गरेका हुन्।

तर रास्वपाबाहेकका दलमा भने कार्यकर्ता लड्ने र नेता हाँसेर बस्ने परिपाटी रहेको प्रधानमन्त्रीको टिप्पणी छ ।

 

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com