काठमाडौँ । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको हो । सो भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया