काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’ नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टी बिचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभसंकेत होइन।’
उनले विगतको स्मरण गराउँदै भनेका छन्– ‘२००७ सालपछि कांग्रेसमा बिपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरिजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धि पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूह बिचको अन्तर्संघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई कति नोक्सान भयो इतिहास साक्षी छ। भनाइ पनि छ– इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्याउँछन्।’
जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस् भन्दै उनले इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गर्न सुझाव दिएका छन् ।
प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया