काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी संसद् बैठकमा आफ्नो पार्टीले कडा रूपमा प्रस्तुत हुँदै सदनमा हलचल मच्चाउने चेतावनी दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत संक्षिप्त प्रतिक्रिया दिँदै साम्पाङले आगामी संसद् बैठक शान्तिपूर्ण नहुने संकेत गरेका हुन् ।

संसद्‌मा आफ्ना पार्टीका मुद्दाहरूलाई जोडदार रूपमा उठाउने तयारी रहेको जनाउँदै उनले सदनभित्र चर्को विरोध र अवरोध हुन सक्ने बताएका छन् ।

‘आउने सदनमा भाँडभैलो हुन्छ,’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनको उक्त अभिव्यक्तिले आगामी संसद् बैठकमा श्रम संस्कृति पार्टी आक्रामक रूपमा प्रस्तुत हुने संकेत गरेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com