काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी संसद् बैठकमा आफ्नो पार्टीले कडा रूपमा प्रस्तुत हुँदै सदनमा हलचल मच्चाउने चेतावनी दिएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत संक्षिप्त प्रतिक्रिया दिँदै साम्पाङले आगामी संसद् बैठक शान्तिपूर्ण नहुने संकेत गरेका हुन् ।
संसद्मा आफ्ना पार्टीका मुद्दाहरूलाई जोडदार रूपमा उठाउने तयारी रहेको जनाउँदै उनले सदनभित्र चर्को विरोध र अवरोध हुन सक्ने बताएका छन् ।
‘आउने सदनमा भाँडभैलो हुन्छ,’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनको उक्त अभिव्यक्तिले आगामी संसद् बैठकमा श्रम संस्कृति पार्टी आक्रामक रूपमा प्रस्तुत हुने संकेत गरेको छ ।
प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया