काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत सम्पत्ति छानबिन आफ्नैबाट सुरु गर्न आग्रह गरेका हुन्। उनले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको पनि सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।

‘सम्पत्ति छानबिन सुरु गरौँ! मेरैबाट सुरु गरियोस्! अनि बालेन जी र सुदन जीको गरियोस्! स्रोत बिनाको भेटिए जफत गरियोस्!’ उनले लेखेका छन्।

उनले स्रोत नखुलेको सम्पत्ति फेला परे जफत गर्नुपर्ने धारणा राखेका छन्। सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com