काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको निरन्तर ताकेतापछि साइबर ब्युरोमा उपस्थित हुन जाने भएका छन् ।
शिवाकोटीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै चाडपर्वको बिदाका दिनसमेत प्रहरीले लगातार ताकेता गरेपछि आफू भोटाहिटीस्थित साइबर ब्युरो जान लागेको बताएका हुन् ।
उनले आफू एक घण्टाभित्रै साइबर ब्युरो पुग्ने जानकारी दिएका छन् । साथै, आफूलाई भेट्न चाहने शुभेच्छुक तथा साथीभाइसँगका भेटघाटसमेत सम्भव भएसम्म ब्युरो परिसरमै गर्ने व्यवस्था मिलाइएको उल्लेख गरेका छन् ।
यद्यपि, प्रहरीले उनलाई कुन विषयमा सोधपुछ वा अनुसन्धानका लागि बोलाएको हो भन्नेबारे आधिकारिक रूपमा केही खुलाएको छैन ।
प्रकाशित मिति: २२ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया