काठमाडौं । काठमाडौंको कलङ्की चोकबाट प्रहरीले थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शङ्कास्पद अवस्थामा हिँडिरहेका तनहुँका ४२ वर्षीय सुरेन्द्र नेपालीलाई नियन्त्रणमा लिएको हो।

काठमाडौं महानगरपालिका–१४ कलङ्की चोकमा चेकजाँचका क्रममा तनहुँको व्यास नगरपालिका–११ दमौली स्थायी घर भएका नेपालीको साथबाट सो गोली बरामद भएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध हातहतियार तथा खरखजाना ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २२ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com