काठमाडौं । काठमाडौँको महाराजगन्जमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–२९, मैतीदेवीका रुद्राक्ष बस्नेत रहेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार सोमबार बिहान बसुन्धाराबाट सुकेधारातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६७६६ नम्बरको बस र टिचिङ अस्पतालबाट बाँसबारीतर्फ जाँदै गरेको बा.प्रदेश ०२–०६३ प ८२९९ नम्बरको मोटरसाइकल महाराजगन्जमा आपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बस्नेतलाई तत्कालै नजिकैको मेट्रो अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले बस चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–६ निवासी ३५ वर्षीय गणेश हुमागाईंलाई नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com