नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सोमबार बिहान १०ः५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ मा बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङको मृत्यु भएको छ।
त्यस्तै, मोटरसाइकलमा सवार विदुर नगरपालिका–१३ की ३१ वर्षीया विन्दा थापामगर र २७ वर्षीया सुनिता थापामगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पुर्याइएको थियो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।
प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार












प्रतिक्रिया