रुपन्देही । तिहारका बेला अवैध रूपमा पटका पड्काएर आतिशबाजी गरेको आरोपमा रुपन्देहीका विभिन्न स्थानबाट सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पटका पड्काउने क्रममा भएको एक घटनामा एक जना घाइतेसमेत भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कात्तिक २३ गते साँझ कञ्चन गाउँपालिका–१ स्थित हात्तीबजार चोकमा लालिगुँरास युवा क्लबले भैलो खेलिरहेका बेला पटका पड्काउँदा एक जना घाइते भएका थिए।

घटनामा संलग्न रहेको आरोपमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का कृष्ण परियार र आर्यन परियारलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो। घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, जिल्लाका अन्य स्थानमा पनि अवैध रूपमा पटका पड्काएर आतिशबाजी गरिरहेको अवस्थामा प्रहरीले थप पाँच जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा रोहिणी गाउँपालिका–३ का किसन मिश्र, वडा नम्बर ४ का पञ्चम हरिजन, वडा नम्बर १ का अंगत कुमार कहार, सिद्धार्थनगर नगरपालिका–४ का हेमसल बरई र बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका सन्देश परियार छन्।

नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com