गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका–३ पौवाखर्कमा एक अपरिचित पुरुषको शव फेला परेको छ।
अन्दाजी ४० देखि ४५ वर्ष उमेरका ती पुरुषको शव ठूलाचौरबाट पौवाखर्कतर्फ जाने भित्री कच्ची सडकबाट करिब ८०० मिटर तल घग्र्याङ् भिरमा भेटिएको हो।
स्थानीयवासी बिहान घाँस काट्न जाने क्रममा भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्।
मृतकको पहिचान खुल्न सकेको छैन। उनको दुवै हातमा ‘सन्दीप’ नामको ट्याटु खोपिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलबार













प्रतिक्रिया