काठमाडौं । तिहारको पाँचौँ दिन बुधबार भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ। यस अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने सर्वसाधारणको भीड लागेको छ।

दिदीबहिनी नभएका वा विभिन्न कारणले आफ्ना दिदीबहिनीसँग भाइटीका लगाउन नपाएकाहरू मन्दिर पुगेर टीका तथा माला ग्रहण गर्दै पर्व मनाइरहेका छन्।

वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर बुधबार बिहानैदेखि सर्वसाधारणका लागि खुला गरिएको हो। मन्दिरमा बिहानैदेखि टीका लगाउन आउनेहरूको चहलपहल बढेको छ।

भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र आपसी सम्बन्ध प्रगाढ बनाउने पर्वका रूपमा मनाइन्छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिने परम्परा छ।

प्रकाशित मिति: २५ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com