चितवन । चितवनको भरतपुरमा श्रीमान्को कुटपिटबाट ३२ वर्षीया महिलाको मृत्यु भएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनका श्रीमान् ३० वर्षीय सुमन राना मगरलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने सुमनले मंगलबार बिहान करिब ८ः३० बजे घरायसी विवादका क्रममा श्रीमती सपना राना मगरको टाउकोमा फलामको रड प्रहार गरेका थिए।
कुटपिटबाट डेरा कोठामै सपनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले सुमनलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २५ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया