कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ नजिक अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बुधबार दिउँसो शुक्लाफाँटा आरक्ष जंगलस्थित सडकखण्डमा दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२–००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भि.न.पा.००१ ह ५२२ नम्बरको अटो ठोक्किएका थिए।
दुर्घटनामा अटो चालक, त्यसमा सवार यात्रु तथा स्कुटरमा सवार गरी सात जना घाइते भएका हुन्।
घाइतेहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाइएको छ। गम्भीर घाइतेमध्ये एक बालकलाई थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २५ कार्तिक २०८३, बुधबार













प्रतिक्रिया