काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता मुकुल ढकालले ‘डिजिटल नेपाल’को नाममा जनताले प्रयोग नै नगर्ने एप निर्माण गरेर राज्यकोषको दुरुपयोग भइरहेको आरोप लगाएका छन्।

सडकको अवस्था सुधार्नुको सट्टा खाल्डाखुल्डीको तस्बिर खिचेर अपलोड गर्न लगाउने ‘सडक सुझाव’ जस्ता एप निर्माण गर्नुको औचित्यमाथि उनले प्रश्न उठाएका हुन्।

देशभरका सडक जीर्ण र ठाउँठाउँमा खाल्डाखुल्डी रहेको अवस्थामा विकसित मुलुकको अभ्यास नक्कल गरेर यस्ता एप बनाउनु जनताले तिरेको करको दुरुपयोग भएको उनको टिप्पणी छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा समेत यस्तो प्रवृत्ति देखिएको भन्दै ढकालले मन्त्रालयहरू नागरिकले खासै प्रयोग नगर्ने एप निर्माणमा केन्द्रित भएको आरोप लगाए।

प्रधानमन्त्री शाहले अनावश्यक एप निर्माण नियन्त्रण गर्न ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ स्थापना गरे पनि राज्यकोषबाट अनुत्पादक डिजिटल खर्च गर्ने क्रम नरोकिएको उनको भनाइ छ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले नागरिकलाई सडकका खाल्डाखुल्डीको तस्बिर खिचेर एपमा पठाउने झन्झटभन्दा सुरक्षित र स्तरीय सडक आवश्यक रहेको बताएका छन्।

उनले अनुत्पादक डिजिटल खर्च र प्रशासनिक बेथितिमाथि सरकारले कडा नियन्त्रण गर्नुपर्ने मागसमेत गरेका छन्।

प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com