काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो ।

चितवनको यो जितले प्लेअफको सम्भावना बलियो बनाएको छ। एक खेल खेल्न बाँकी चितवनको ७ अंक पुगेको छ। चितवनको जितले जनकपुरका साथै कर्णाली याक्स पनि बाहिरिएको छ। जनकपुरले सात खेलमध्ये २ खेल मात्रै जित्यो। कर्णालीको पनि अन्तिम खेल बाँकी रहँदा चार अंक मात्रै रहेकाले एक खेल अगावै बाहिरियो।

सुदूरपश्चिम र लुम्बिनी प्लेअफमा सुरक्षित रहँदा अब काठमाडौं,चितवन र विराटनगरमध्ये २ टोली अन्तिम ४ मा पुग्नेछन् ।

आज जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा डेविड मलानले ३५ , कुशल मल्लले १५ रन हिर्काए।

जनकपुरका राहुल यादवले ३, ललित राजवंशीले २ विकेट झारे।

यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ९ विकेटको क्षतिमा ८८ रन बनायो।

जसमा कप्तान हर्मित सिंहले सर्वाधिक २५ रन बनाए। चितवनका रञ्जित कुमारले ३,सिकन्दर राजा र कमिल मिसराले २/२ विकेट लिए।

प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com