काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बिहान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई हटाउनुपर्ने भन्दै चर्को अभिव्यक्ति दिनेहरू साँझ ज्वागल पुग्ने गरेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले बिहान गायत्री मन्त्र जप्नुअघि नै ‘बालेन ढाल्ने नै हो’ भन्दै चर्को स्वरमा बोल्नेहरू साँझको आरतीपछि ज्वागल पुग्ने गरेको बताएका हुन्।
उनले यस्ता राजनीतिक पात्रको दोहोरो व्यवहारमाथि प्रश्न उठाउँदै उनीहरू दोहोरो चरित्र भएका नेता हुन् वा जासुस भन्दै व्यङ्ग्य गरेका छन्।
‘बिहान गायत्री मन्त्र जप्नुअघि नै बालेन ढाल्ने नै हो भनेर घोक्रो सुकुन्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने रहेछन्। दोहोरो चरित्रका राजनीतिक पात्र हुन् कि जासुस ? सुनेर छक्क परियो,’ उनले लेखेका छन्।
प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार













प्रतिक्रिया