काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्त भएकै दिन पत्र बुझिसकेको गृह मन्त्रालयले स्पष्ट पारेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्कीले कात्तिक १८ गते नै नियुक्तिपत्र बुझेका थिए। मन्त्रिपरिषद्को सोही दिनको बैठकले मुलुकको शान्ति सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा सल्लाह, सुझाव तथा परामर्श दिन विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरी कार्कीलाई नियुक्त गरेको थियो।

नियुक्तिपत्र बुझिसके पनि तिहार र छठ पर्वका कारण लामो सार्वजनिक बिदा परेकाले कार्की कार्यालयमा हाजिर हुन भने बाँकी रहेको प्रवक्ता काफ्लेले जानकारी दिए। उनका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत स्थापना गरिएको छ।

यसैबीच, पूर्वआईजीपी कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सरकारले पदबाट हटाएको निर्णयलाई चुनौती दिँदै उनले न्यायिक उपचार खोजेका हुन्।

प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com