काठमाडौं । छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ साढे सात बजे सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्ना घाटमा तोडफोड भएको थियो।

राति अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुहरू फर्किएपछि सोही पालिकाका २१ वर्षीय मोहम्मद जहुर मिया र १९ वर्षीय रिजवान मन्सुरीले पवित्र पूजास्थल घाटमा तोडफोड गरेको सुनसरी प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

पूजास्थलमा भएको उक्त घटनालगत्तै प्रहरीले दुवै जनालाई पक्राउ गरेको उनको भनाइ छ। त्यसैगरी, स्थानीयवासी र प्रहरीले पूजास्थलको पुनर्निर्माण गरिदिएपछि श्रद्धालु भक्तजनलाई सहज भएको थियो।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This