काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट थप गरेको वरिष्ठ उपसभापति पदको काम, कर्तव्य र अधिकार विधानमै स्पष्ट पारेको छ। विधान संशोधन गर्दै वरिष्ठ उपसभापतिका लागि चारवटा जिम्मेवारी तोकिएको हो।
निर्वाचन आयोगमा बुझाइएको कांग्रेसको संशोधित विधानमा नयाँ धारा २६क थप गरी वरिष्ठ उपसभापतिको भूमिका र अधिकार उल्लेख गरिएको छ। यसअघि पार्टी विधानमा उक्त पदको काम, कर्तव्य र अधिकारबारे स्पष्ट व्यवस्था थिएन।
नयाँ व्यवस्थाअनुसार वरिष्ठ उपसभापतिले केन्द्रीय सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखका रूपमा काम गर्ने र केन्द्रीय कार्यालयको संयोजन गर्ने जिम्मेवारी पनि उनलाई दिइएको छ।
यसका अतिरिक्त विधानमा तोकिएबमोजिम अन्य काम, कर्तव्य र अधिकारसमेत वरिष्ठ उपसभापतिमा रहने व्यवस्था गरिएको छ।
नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा हाल विश्वप्रकाश शर्मा रहेका छन्।
प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार














प्रतिक्रिया