काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. कल्याणराज शर्मालाई चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले सोमबार सरकारको सिफारिसमा शर्मालाई राजदूत नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेका शर्मालाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यससँगै डा. शर्मा औपचारिक रूपमा चीनका लागि नेपालको राजदूत नियुक्त भएका छन् ।
प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार















प्रतिक्रिया