सप्तरी । जंगली हात्तीको आक्रमणबाट सप्तरीमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय गोपी चौधरी रहेका छन् ।

सुरू‌गा नगरपालिका–४ का चौधरीलाई बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेको थियो । आक्रमणपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए ।

हात्तीको आक्रमणबाट घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । हात्तीको आक्रमणबाट चौधरीको मृत्यु भएपछि स्थानीयवासी त्रसित छन् ।

  • रासस

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This