सप्तरी । जंगली हात्तीको आक्रमणबाट सप्तरीमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय गोपी चौधरी रहेका छन् ।
सुरूगा नगरपालिका–४ का चौधरीलाई बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेको थियो । आक्रमणपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए ।
हात्तीको आक्रमणबाट घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । हात्तीको आक्रमणबाट चौधरीको मृत्यु भएपछि स्थानीयवासी त्रसित छन् ।
- रासस
प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार















प्रतिक्रिया