काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । उनले एमालेको आन्तरिक सर्वेक्षणले पार्टी पहिलो स्थानमा रहने देखाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो स्थानमा सीमित हुने बताएका छन् ।
काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले आगामी निर्वाचनमा एमाले, नेपाली कांग्रेस, नेकपा र रास्वपा क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा रहने आकलन सुनाए ।
उनले एमालेको आन्तरिक अध्ययन र सर्वेक्षणका आधारमा यस्तो निष्कर्ष निकालिएको दाबी गरे । आगामी स्थानीय निर्वाचनमा पार्टीको नतिजा उत्साहजनक हुने उनको विश्वास छ ।
यसैबीच, सचिव बस्नेतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति पनि आलोचनात्मक धारणा राखेका छन् । सरकारले जनभावना र नागरिकका अपेक्षाअनुसार काम गर्न नसके सदन र सडक दुवैबाट आन्दोलन गर्ने उनले चेतावनी दिएका छन् ।
सरकारलाई सही दिशामा अघि बढाउन र आवश्यक सुधार गर्न एमालेले प्रयास गर्ने उल्लेख गर्दै उनले सरकार नसच्चिए त्यसको विकल्प खोज्न जनता आफैँ अघि सर्न सक्ने बताए ।
उनले सरकारलाई जनताको अपेक्षाअनुसार काम गर्न आग्रह गर्दै अन्यथा राजनीतिक रूपमा थप चुनौती सामना गर्नुपर्ने संकेत गरेका छन् ।
प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार















प्रतिक्रिया