काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश २-००४ प २०४६ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिँदा पैदलयात्री मिथिलाबिहारी नगरपालिका-९ कटरेज टोल निवासी २६ वर्षीय प्रशान्तकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

गम्भीर घाइते भएका यादवको मृत्यु भएको हुँदा चालक र मोटरसाइकललाई नियन्त्रण लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This