काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको जानकारी दिएका छन्।

कांग्रेस गण्डकी प्रदेशले साेमबार पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका लागि योजना बनाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको बताए।

हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ नलाग्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्दै महामन्त्री पौडेलले पार्टीलाई सशक्त बनाउन आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो । कार्यविभाजन नभएका नेताहरूका लागि भूमिका दिने सन्दर्भमा पार्टीले फराकिलो दायरा निर्माण गर्ने उनले स्पष्ट पारे।

महामन्त्री पौडेलले पार्टीको आत्मसमीक्षा,विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका बनाउन अभियान सुरु गर्न लागिएको जानकारी दिए। मंसिर महिनाभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचनको तयारीलाई व्यापक बनाइने उल्लेख गर्दै उनले शीघ्र अभियानको खाकासहितको सर्कुलर प्रदेश र जिल्ला तहमा पठाइने बताए।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This