काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चीन भ्रमणमा गएको सांसदहरूको टोलीप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।
उनले टर्कीमा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) मा सहभागी भएर फर्किएको नेपालको जलवायु टोलीलाई लक्षित गर्दै सांसदहरूको टोली चीन पुगेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत बाँस्कोटाले चीन गएको टोलीले तातोपानी मात्रै पिएर फर्किने हो कि तातोपानी नाका खुलाउने पहल पनि गर्ने हो भन्दै प्रश्न गरेका छन्।
उनले लेखेका छन्, ‘कोप–३१ समिटमा जलवायु १०० टोली हावा खाएर फर्कनासाथ सांसदको टोली चीन पुगिसकेछ। तातोपानी मात्र पिएर आउँछन् कि नाका खुलाएर?’
उनले धुलिखेल–खावा सडकको अवस्थालाई पनि व्यङ्ग्यको विषय बनाएका छन्। तीन प्रधानमन्त्रीको कार्यकाल पार गरिसकेको धुलिखेल–खावा सडकको धुलोले प्रधानमन्त्री बालेन्द्र शाहको समेत आँखा छोपेको जस्तो देखिएको भन्दै उनले नाकाको विषयमा के अपेक्षा गर्नु भन्ने आशय व्यक्त गरेका छन्।
प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार















प्रतिक्रिया