काठमाडौं । नेपाली कांग्रेसका नेता ले पार्टीको वास्तविक प्रतिनिधित्व गर्ने उद्देश्यले आफूहरू वडास्तरदेखि नै संगठन निर्माणमा जुटेको बताएका छन्।

कांग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता लेखकले पार्टीभित्र एकता कायम गर्ने प्रयास सफल हुन नसकेपछि बाध्य भएर छुट्टै संगठनात्मक गतिविधि अघि बढाउनुपरेको बताए।

‘वास्तविक नेपाली कांग्रेसको प्रतिनिधित्व गर्नका निमित्त हामीले वडादेखि संगठन गर्दै संगठित हुँदै यो अवस्थामा पुगेका छौँ,’ उनले भने, ‘मिलाउने प्रयत्न गर्दागर्दै नसकेर बाध्यतावश छुट्टै संगठन गर्ने काममा लागेका छौँ।’

उनले पार्टीका विभिन्न तहमा दुईवटा समिति बनेको उल्लेख गर्दै कांग्रेसको आन्तरिक अवस्था र समग्र राष्ट्रिय राजनीतिक परिस्थिति दुवै चुनौतीपूर्ण रहेको बताए।

‘पार्टीको आन्तरिक जीवनको कुरा गर्दा पनि प्रतिकूल अवस्था छ भने समग्र राष्ट्रिय अवस्था पनि धेरै सुखद् देखिएको छैन,’ लेखकले भने, ‘नेपाली कांग्रेसका लागि अहिले विषम अवस्था छ। हामी अप्ठ्यारो अवस्थामा छौँ।’

पूर्वगृहमन्त्रीसमेत रहेका लेखकले कांग्रेस विभाजित भइसकेको दाबी गर्दै पार्टीको आत्मा, विचार र भावना आफूहरूतर्फ रहेको जिकिर गरे।

‘लुकाउनु–छिपाउनु केही छैन, पार्टी दुई भएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसको आत्मा, विचार, भावना यहीँ छ।’

प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com