काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका लागि बुधबार पाँच खेलका लागि प्रतिस्पर्धा हुने भएको छ।
औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरू भने मंगलबारदेखि नै सुरु भएका थिए। सोही अन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुने भएको हो।
बुधबार प्रतिस्पर्धा हुने खेलहरूमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल रहेका छन्।
प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार











प्रतिक्रिया