काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने बताएका छन्।

सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीमा उल्लेखित विषयबारे प्रश्न उठाउँदै शर्माले प्रधानमन्त्रीसँग वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।

उनले उजुरीमा कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए छाडिदिने, अन्यथा फसाइदिने धम्की दिइएको विषय उल्लेख भएको भन्दै त्यसको सत्यतथ्य स्पष्ट पार्नुपर्ने बताएका छन्।

शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले इनम सापकोटा प्रकरणलाई ‘सस्पेन्स थ्रिलर फिल्म’ जस्तो बनाएर राख्न नहुने उल्लेख गर्दै यससँग जोडिएका सम्पूर्ण सत्यतथ्य नागरिकले जान्न पाउनुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भमध्ये एक हो। षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पूरै च्यातिनुपर्छ।’

शर्माले इनम सापकोटाकी श्रीमतीले दिएको उजुरी झुटो हो वा राज्यकै आडमा अपराधका योजना बनिरहेका छन् भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्।

उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिएकामाथि कानुनअनुसार कारबाही गर्न संसद्ले अग्रसरता लिनुपर्ने बताएका छन्।

प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This