काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शनिबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको थियो।
भेटमा समसामयिक राजनीतिक परिस्थिति एवं घटनाक्रमबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार













प्रतिक्रिया