काठमाडौं । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले उदयपुर र चितवनबाट ३६७ किलोभन्दा बढी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिकबाट १९९ किलो ३२० ग्राम गाँजासहित रुपन्देहीका २१ वर्षीय सोम मगर पक्राउ परेका छन्। प्रहरीले टिपरको ढालाभित्र लुकाएर राखिएको नौ वटा बोराबाट उक्त गाँजा बरामद गरेको हो।

त्यस्तै, चितवनको राप्ती नगरपालिका–१० चिप्लेटीबाट करिब १६८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–२ का डिल्लीराम थारू र चितवन राप्ती नगरपालिका–१ का कर्णबहादुर तामाङ रहेका छन्। उनीहरू सवार कारबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com