काठमाडौं। मंगलबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार अब प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।

सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले सूचना जारी गर्दै प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको नयाँ मिति र समय निर्धारण गरिएको जानकारी दिएका छन्।

यसअघि मंगलबार दिउँसो १ बजे बैठक बस्ने कार्यसूची तय गरिएको थियो।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com