काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा नागरिकको उद्धार तथा सुरक्षाका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।

उद्धारमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना सुरक्षाकर्मी खटिएका छन्।

सडक सञ्जाल अवरुद्ध भएपछि कठिन स्थानमा हवाई तथा पैदलमार्गबाट उद्धार कार्य भइरहेको छ। नेपाली सेना तथा निजी हवाई कम्पनीका हेलिकप्टरले ६९ पटक उडान भरी जोखिममा परेका ३५१ जनालाई सुरक्षित स्थानमा पुर्‍याएका छन्।

प्रतिकूल मौसम र नदीको तीव्र बहावका बीच सुरक्षाकर्मीले जोखिम मोलेर खोज, उद्धार तथा राहत वितरणलाई निरन्तरता दिइरहेका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोज तथा राहत कार्यलाई थप विस्तार गरेका छन्।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com