काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले बाढी प्रभावित बालबालिकालाई पूर्वस्वीकृति र कानुनी प्रक्रियाबिना व्यक्तिगत वा संस्थागत संरक्षणका लागि ओसारपसार नगर्न तथा बालगृहमा नराख्न आग्रह गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीका कारण अभिभावक गुमाएका वा बेपत्ता भएका बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै परिषद्ले यस्तो निर्देशन दिएको हो।
परिषद्का अनुसार बालबालिकालाई स्थानीय बाल अधिकार समिति र बाल कल्याण अधिकारीको सिफारिसमा परिवार वा आफन्तको संरक्षणमा राख्नुपर्नेछ। स्थानीयस्तरमा संरक्षण सम्भव नभएका बालबालिकालाई मात्र परिषद्को अनुमति लिएर सूचीकृत बालगृह वा संस्थामा अस्थायी संरक्षण गर्न सकिनेछ। अनुमति र सिफारिसबिना बालबालिकालाई ओसारपसार वा संरक्षणमा राख्ने कार्य कानुनविपरीत हुने परिषद्ले जनाएको छ।
प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार













प्रतिक्रिया