बागलुङ। बागलुङका ग्यास डिलरकहाँ लामो लाइन लागेको देखिन्छ । बागलुङमा शुक्रबार ग्यास आउने पालो भएकाले बिहान ३ बजेदेखि नै उपभोक्ता लाइनमा बसेका थिए । कतिले बिहानै खाली सिलिण्डर लाइनमा छोडेका थिए भने कति झिसमिसेमै लाइन बस्न आएका थिए ।
घण्टौँ लाइन बस्दा कतिले ग्यास पाए, कतिपयले पाएका छैनन् । ग्यास नपाएका उपभोक्ता बिक्रेतासँग झगडा नै गरेको देखिन्थ्यो ।
बागलुङमा दुई/तीन दिनको अन्तरमा दुई हजारको हाराहारीमा ग्यास आउँछ । निरन्तर ग्यास आउने भएपनि उपभोक्ताले ग्यास नआएको गुनासो गर्दै आएका छन् । साउन महिनादेखि हालसम्म २५ हजार बढी सिलिण्डर बागलुङमा आउँदा पनि उपभोक्ता ग्यास नपाएको गुनासो कायमै छ ।

हरेकपटक ग्यास आउँदा सयौँको संख्यामा लाइन बस्ने उपभोक्ता देखेर बिक्रेतानै आजित बनेका छन् । विगतमा अहिलेभन्दा कम संख्यामा ग्यास आए पनि आपूर्ति नियमित हुन्थ्यो । तर अहिले बढी आउँदा पनि माग झनै बढ्दै गएको छ ।

बागलुङमा आउने ग्यास १६ वटा डिलरहरुले वितरण गर्दै आएका छन् । उपभोक्ताको भीड हुने हुँदा करिब दुई महिनादेखि ग्यास वितरणमा प्रहरीनै खटिनु परेको छ । बागलुङमा गृहलक्ष्मी, शक्ति, नेपाल, एवानलगायत ब्राण्डका ग्यास वितरण हुँदै आएको छ ।

प्रशासन र विक्रेताहरुले विगतमा महिनामा अहिलेको तुलनामा कम ग्यास बागलुङमा आउँदा आपूर्ति सहज रुपमा हुने गरेको बताउँछन् । अहिले उपभोक्ताको कारण कृत्रिम अभाव सिर्जना भएको विक्रेतको दाबी छ । ग्यास वितरणमा बढी भीड हुने हुँदा विक्रेताले कार्ड प्रणाली लागुसमेत गरेका छन् । तर पनि भिड घट्न छोडेको छैन ।

तस्बिर : डम्मर बुढा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com