काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र जोखिमपूर्ण परिस्थितिका कारण रोक्न नहुने बताएका छन्।

सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले चुनौतीपूर्ण परिस्थितिका बाबजुद हराइरहेकाहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

‘कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवं जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नुहुँदैन,’ राष्ट्रपति पौडेलले भने।

उनले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य जनशक्तिले ज्यानको समेत पर्वाह नगरी जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेर पीडितको उद्धार गरिरहेको भन्दै उनीहरूको साहस, समर्पण र सेवाभावको प्रशंसा गरे।

राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित नागरिकका सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगसँग आवश्यक सहकार्य गरिने पनि बताए।

उनले तत्काल खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली र आवश्यक उपकरण उपलब्ध गराई सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरे।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com