काठमाडौं । सरकारले हालैको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित बालबालिकाको पठनपाठन निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने भएको छ।

योजनाअन्तर्गत घरबारविहीन, अभिभावक गुमाएका तथा आर्थिक संकटमा परेका बालबालिकालाई लक्षित गरिनेछ। प्रभावित बालबालिकालाई विद्यालय भर्ना, कापी–कलम, पोसाक, दिवाखाजा तथा अन्य शैक्षिक सामग्रीका लागि आर्थिक सहयोग उपलब्ध गराइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

विपद्का कारण कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट वञ्चित हुन नपरोस् र उनीहरूको भविष्य सुरक्षित होस् भन्ने उद्देश्यले सरकारले यो कार्यक्रम ल्याउन लागेको हो।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com