काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको भक्तपुरस्थित बालकोट निवासबाट सम्बोधन गर्ने भएका छन्।

एमाले निकट युवा संघ नेपालका नेताका अनुसार अध्यक्ष ओलीले आज दिउँसो २ बजे बालकोटस्थित जलेको घरबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

गत वर्षको भदौ २४ गते जेनजी आन्दोलन उग्र बन्दै जाँदा ओलीको बालकोटस्थित निजी निवासमा आगजनी भएको थियो।

आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा हिंसा र विध्वंसका घटना बढ्दै गएपछि तत्कालीन प्रधानमन्त्री ओलीले सोही दिन पदबाट राजीनामा दिएका थिए।

राजीनामापछि सुरक्षा जोखिम बढेपछि उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा लगिएका थिए।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नै बालकोट निवासबाट ओलीले सम्बोधन गर्न लागेका हुन्।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com