काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ३ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य तोलामा तीन लाख पाँच हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार












प्रतिक्रिया