The Grayzone को 9 September 2026 लेख, USAID/CEPPS का मूल/सरकारी कागजात, र 2025–26 को घटनाक्रमबारे Reuters/AP/अन्य स्वतन्त्र स्रोतहरू मिलाएर हेर्दा त्यहाँ एउटा महत्त्वपूर्ण कुरा के देखिन्छ भने कागजपत्रले अमेरिकी-Funded Political/Civic Engagement को वास्तविक Footprint देखाउँछन्; तर त्यसलाई 2025 को सत्ता परिवर्तनको प्रत्यक्ष अमेरिकी Operation भनेर प्रमाणित गर्न थप प्रमाणहरु अवस्य चाहिन्छ। The Grayzone को अनुसार २०१७–२०२६ समयरेखाको प्रभाव यसरी देखिन्छ

नीति  सम्बादको (Policy Dialogue)  सुरुवात् २०१७–२०२०

USAID/CEPPS अन्तर्गत नीति सम्बाद कार्यक्रम नेपालमा सुरु भयो। USAID को आफ्नै परियोजनाको विवरण अनुसार यसको उद्देश्य निर्वाचन सञ्चालन गर्ने निकायहरू, संसद, राजनैतिक पार्टि र नागरिक समाजलाई बढी सहभागितामूलक, समावेशी, पारदर्शी र उत्तरदायी बनाउनु थियो। कार्यक्रमले सांसदहरुलाई  नीति अनुसन्धान, नगर सभा, सार्वजनिक मञ्च / खुला वहस र कानुन निर्माण सम्बन्धी तालिम समेत दिने भनिएको थियो। USAID संलग्न निर्णय हो र यस्मा अमेरिकी प्रभाव थिएन भन्न मिल्दैन। यो स्पष्ट रूपमा अमेरिकाद्वारा वित्तपोषित राजनीतिक विकास कार्यक्रम (US-Funded Political  Development Program) थियो।

युवा नेतृत्वमा (Youth Leadership) विशेष जोड २०१९–२०२०

वास्तवमा यही चरण सबैभन्दा महत्वपूर्ण छ। Consortium for Elections and Political Process Strengthening (CEPPS) को कार्य योजना (Work Plan) सम्बन्धी The Grayzone ले सार्वजनिक गरेको चुहिएको जानकारी/कागजात (leaked Material) अनुसार नीति  सम्बादले युवा नेतृत्त्व कार्यक्रम  (Youth Leadership Program) विस्तार गर्ने, नेपाली  राजनैतिक पार्टिका युवा नेतृत्त्वहरूलाई व्यापक रूपमा संलग्न गर्ने र युवा नेतृत्वलाई राजनैतिक निर्णय निर्णय प्रक्रिया/प्रणालीमा  (Political Decision Making)  ल्याउने लक्ष्य राखेको थियो। त्यसै सामग्रीमा रबि  लामिछाने, बालेन शाह, सागर ढकाल र सुदन गुरुङलाई उत्प्रेरक नागरिक अगुवाहरूका (Catalytic Civic Leaders ) रूपमा समर्थन गर्ने सूचीमा राखिएको दाबी छ। अर्कोतर्फ, USAID को आफ्नै प्रतिवेदन अनुसार  नीति  सम्बादले १३३ युवा तथा उदीयमान नेताहरूलाई तालिम प्रदान गरिएको र २६७,९८१ सीमान्तकृत (Marginalized) नागरिकलाई नागरिक तथा मतदाता शिक्षामा सहभागी गराएको देखाउँछ।

USAID PDF अनुसार यी सबै कार्यक्रमहरु प्रमाणित हुन्छन तर व्यक्ति विशेषहरूको भविष्यको राजनीतिक रूपमा तयार पार्ने प्रक्रिया (Political Grooming) भन्ने अर्थ चाहि सावधानीपूर्वक लिनुपर्ने हुन्छ। अर्थात्, युवा राजनीतिक नेतृत्वमा US-Funded Investment थियो तर त्यही बेला बालेन / रबिलाई प्रधानमन्त्री बनाउने योजना बन्यो भन्नको लागि अहिलेसम्म यो प्रमाणित छैन।

राजनीतिक पारिस्थितिक प्रणाली (Political Ecosystem) निर्माण २०२०–२०२२

नीति  सम्बादको उद्देश्य केवल सडक आन्दोलन थिएन। यसले संसद, राजनैतिक पार्टिहरु, चुनाव, नागरिक समाज, जनमत रसञ्चार क्षमतामा काम गर्ने संरचना बनाएको देखिन्छ। USAID को आधिकारिक परियोजना कागजातले (Official Project Document)  संघीय संक्रमणको समयमा राजनीतिक निकाय बलियो बनाउने कुरा स्पष्ट रूपमा उल्लेख गर्छ। USAID संग जोडिएको यो कार्यक्रमले Washington, संस्थाहरु, नागरिक समाज हुदै  युवा राजनीतिकर्मी भन्ने एउटा दीर्घकालीन प्रभाव सञ्जाल (Influence Network) बनिरहेको थियो भन्ने अर्थ देखाउछ । तर शासन परिवर्तन संग सम्बन्ध (Regime Change Connection ) प्रमाणित हुदैन।

बालेन शाहको स्वतन्त्र उदय २०२२ 

बालेन २०२२ मा काठमाडौ  मेयरका रूपमा स्वतन्त्र  उम्मेदवार भएर निर्वाचित भए। त्यो चुनावी विजयलाई अमेरिकी वित्तपोषित कार्यक्रमको प्रत्यक्ष परिणाम भनेर प्रमाणित गर्ने प्रमाण कतै भेटिदैन। त्यसको विपरीत, Reuters ले उनलाई त्यसबेला नै परम्परागत पुराना पार्टीहरू विरुद्धको स्वतन्त्र युवा राजनीतिक प्रतीकका रूपमा वर्णन चाहि अवस्य गरेको थियो। त्यसैले: बालेनको राजनीतिक उदय चाही पक्कै भएको हो तर अमेरिकी कार्यक्रम अनुसार मेयरको चुनावमा जित भएको चाही पक्कै भन्ने प्रमाण छैन।

रबि / रास्वपा  र नयाँ राजनीतिक पुस्ता  २०२३–२०२४

रबि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले नेपालको पारम्परिक पार्टी संरचना लाई चुनौती दियो। तर यहाँ एउटा महत्वपूर्ण भिन्नता छ: अमेरिकाद्वारा वित्तीय सहयोग प्राप्त नागरिक वा राजनीतिक कार्यक्रमहरू (US-Funded Civic/Political Programmes ) ले नयाँ पुस्ताका नेताहरूलाई प्रशिक्षण/सञ्जाल निर्माणमा योगदान दिएको हुन सक्छ। तर रास्वपा आफै अमेरिकी परोयोजना थियो भन्ने प्रमाण अलग कुरा हो। हाल सम्म यो पुष्टि हुने कुनै स्रोतबाट प्रमाण प्राप्त भएको छ जस्तो लाग्दैन। राजनीतिक पारिस्थितिक प्रणालीसंग सम्बन्ध जोडिन सक्छ तर प्रतक्ष अमेरिकी नियन्त्रण (Direct US Control) प्रमाणित हुन सक्दैन।

निर्णायक मोड २०२५

४–८  सेप्टेम्बेर २०२५:  सरकारले Social-Media Platforms माथि प्रतिबन्ध लगाएपछि युवा असन्तोष विस्फोट भयो। भ्रष्टाचार, नातावाद, बेरोजगारी र पुराना राजनीतिक दलप्रतिको आक्रोश पहिले नै गहिरो थियो। AP Washington Post दुवैले आन्दोलनको मूल कारणमा यी घरेलु गुनासोहरु लाई जोडेर समाचार प्रकासित गरेका थिए।

८–९  सेप्टेम्बेर २०२५: Gen-Z आन्दोलन बिस्तारै ठूलो भयो, सुरक्षा फौजको सुरक्षा कारबाहीको गोलीबारीपछि मृत्यु संख्या बढ्यो र आन्दोलन नियन्त्रण बाहिर गयो। अन्ततः के.पी. शर्मा  ओलीले राजीनामा दिए।

यहाँ बाट US-Funded युवा कार्यक्रम, प्रशिक्षित कार्यकर्ता, Gen-Z युवा विद्रोह र सरकारको विघटन विषयहरुमा केंद्रिकित The Grayzone को मुख्य शोधपत्र (Thesis) सुरु हुन्छ तर स्वतन्त्र प्रतिवेदनले चाहि सामाजिक सञ्जालमा प्रतिबन्ध, भ्रष्टाचार, बेरोजगारी, कुलीन वर्गप्रतिको रोष वा असन्तुष्टि, प्रहरीद्वारा हत्या र त्यसवाट सृजित जनविद्रोहलाइ आधार मानेको पाइन्छ। दुवै कुरा एकैसाथ सम्भव हुन सक्छन् तर दोस्रो घटनाक्रमलाई समर्थन गर्ने प्रत्यक्ष प्रमाणहरु धेरै बलियो छ। घरेलु कारणहरूले युवा आक्रोश बढाएको अवस्य थियो, अमेरिकी अनुदान/सहयोगमा सञ्चालित कार्यक्रमहरुको प्रभाव पनि चाहिदो भन्दा बढी नै थियो तर अमेरिकाद्वारा प्रत्यक्ष रूपमा आयोजित (वा सञ्चालन गरिएको) जनविद्रोह हो भन्ने कुनै ठोस प्रमाण छैन।

१०–१२ सेप्टेम्बर २०२५ अन्तरिम सरकार

के.पी. ओलीको राजीनामा स्वीकृत पछि सत्ताको रिक्तता तथा अधिकारको शून्यस्थितिको सिर्जना भयो। Gen-Z प्रतिनिधिहरु, राजनैतिक कर्मीहरु, राष्ट्रपति र सुरक्षा निकाय बीच ब्यापक छलफलपछि पूर्व प्रधानन्यायाधीश  सुशिला कार्की अन्तरिम प्रधानमन्त्रीको रुपमा नियुक्त भईन। संसद विघटन भयो र ५ मार्च २०२६ को निर्वाचन घोषणा भयो। यो राजनीतिक संक्रमण अमेरिकाले नियुक्त गरेको भन्ने प्रमाण छैन। बरु उपलब्ध प्रतिवेदनहरुले यसलाई नेपाल भित्रको अत्यन्त असामान्य संवैधानिक वा राजनीतिक व्यवस्थापन/सहमतिका रूपमा देखाउँछ। तसर्थ “अमेरिकाद्वारा स्थापित अन्तरिम सरकार” वा “अमेरिकाले गठन गराएको अस्थायी सरकार” भन्न सक्ने प्रमाणहरु छैन।

सेप्टेम्बेर  २०२५ – मार्च २०२६ को सबैभन्दा महत्त्वपूर्ण र रोचक चरण

Gen-Z आन्दोलनले पुराना दलहरूलाई पुर्णरुपमा कमजोर बनायो। बालेन पहिले नै युवाहरूको प्रेरणाको स्रोत वा आदर्श व्यक्तिको रुपमा लोकप्रिय हुँदै आएका थिए। Reuters ले सेप्टेम्बेर २०२५ मै आन्दोलन पछि युवाहरूले उनलाई अन्तरिम नेतृत्त्वको सम्भावित प्रतिनिधिका रूपमा अगाडि सारेको रिपोर्ट गरेको थियो। यहाँ बालेनको पूर्व अवस्थित लोकप्रियता (Pre-Existing Popularity) Gen-Z विद्रोह जोडिन पुग्यो। तर यहाँ महत्त्वपूर्ण कुरा के छ भने Gen-Z ले पनि बालेन रोजे र अमेरिकाले पनि बालेन नै रोजेको देखियो।

५ मार्च २०२६ निर्वाचन

रास्वपाले शानदार जित हासिल गर्‍यो। बालेन शाह राष्ट्रिय राजनीतिको केन्द्रमा आए र रास्वपाले सदनमा ठूलो बहुमत हासिल गर्‍यो। Carnegie Endowment ले बालेनको लगभग ७० हजार  भोट सहितको अभूतपूर्व निर्वाचन प्रदर्शन/नतिजा उल्लेख गरेको छ। The Guardian ले पनि रास्वपाको जित लाई Gen-Z विद्रोह पछि आएको पुस्तान्तरण/पुस्तागत राजनीतिक परिवर्तन (Generational Political Shift) का रूपमा वर्णन गरेको छ।

२७ मार्च  २०२६ – बालेन  सरकार 

युवा आक्रोशवाट ओली को राजिनामा हुदै अन्तरिम सरकारको गठन र निर्वाचन सम्पन्न हुँदै रास्वपाको अभूतपूर्व जित अनि बालेन प्रधानमन्त्रीमा नियुक्त, यो सम्पूर्ण श्रंखलाको अन्तिम भाग थियो। यो श्रंखला पूर्ण रूपमा प्रमाणित राजनीतिक घटनाक्रम थियो। तर अर्को श्रंखला NED, CEEPS, बालेन, Gen-Z, सत्ता परिवर्तन र बालेन प्रधानमन्त्रीमा नियुक्तिमा बीचका केही कडीहरू अझै अनुत्तरित छन्। त्यसो भए अमेरिकाको वास्तविक प्रभाव कति गहिरो थियो?  यसलाई चार तहमा बुझ्न सकिन्छ

 नागरिक समाजको प्रभाव: USAID/CEPPS ले Nepal मा निर्वाचन, संसद, नागरिक समाज, युवा नेतृत्व, नागरिक शिक्षा र राजनीतिक सहभागितामा वर्षौ काम गरेको प्रमाणित छ र यसमा प्रभाव उच्च छ भन्न कुनै थप प्रमाण चाहिदैन।

युवा राजनीतिक प्रभाव: युवा राजनीतिक नेताहरू लक्षित कार्यक्रमहरु वास्तविक थिए। केही अहिलेका नेताहरूको नाम चुहाइएको / बाहिर आएको सामग्री (Leaked Material) मा आएको दाबी गम्भीर र ध्यानदिनु पर्ने विषय छ। तसर्थ युवा राजनीतिक प्रभाव उल्लेखनीय मात्रामा छ भन्न सकिन्छ।

२०२५ Gen-Z बिद्रोहमा अमेरिकाको प्रत्यक्ष समन्वय वा संचालन: यो The Grayzone को  पर्याप्त प्रमाण बिना नै निष्कर्षमा पुग्ने सबैभन्दा ठूलो र विवादास्पद अनुमानित निर्णय हो। देशभित्रका समस्या तथा पिडाहरू र सामाजिक सञ्जालमाथिको प्रतिबन्धले आन्दोलनलाई व्याख्या गर्ने र अध्यन गर्ने  स्वतन्त्र प्रमाणहरु धेरै उपलब्ध  छ।

बालेन  सरकार अमेरिकी परियोजना हो? प्रमाणित छैन, Balen को राजनीतिक उदयमा स्वदेशी लोकप्रियता, काठमाडौको मेयर पदको कार्यकालको अभिलेख वा ट्र्याक रेकर्ड, भ्रष्टाचार विरोधी छवि र Gen-Z पुस्ताको समर्थन आदिको  ठूलो भूमिका देखिन्छ। तर एउटा कुरा चाहि अत्यन्तै महत्वपूर्ण छ – The Grayzone को लेख लाई पुर्ण रुपले खारेज पनि गर्न सकिदैन किनकि यसले उठाएको मूल प्रश्न वैध छ: नेपालमा वर्षौदेखि बाह्य विकास सहायता प्राप्त राजनीतिक विकास कार्यक्रमहरू चलिरहेका थिए भने, ती कार्यक्रमहरूले तयार पारेको संजालले २०२५ को राजनीतिक उतार चढाव पछि कस्तो भूमिका खेल्यो? यो प्रश्नको उत्तर अझै पूर्ण रूपमा खुलेको छैन।

विशेषगरी नीति  सम्बादका सहभागीहरूको सूची, तालिम उपस्थिति अभिलेखहरु, CEPPS/IRI आन्तरिक सञ्चार, आर्थिक लगानी वा कोषको मार्ग/प्रमाण र २०२४–२५ का सक्रियतावादी/आन्दोलनकारी सञ्जाल सञ्चार (Activist-Network Communications) सार्वजनिक रूपमा पूर्ण रूपमा जाँच गर्न पाएमा मात्र धेरै कुरा स्पष्ट हुन सक्छ।

सबैभन्दा सम्भावित तस्वीर चाही अमेरिकाले नेपालमा एउटा राजनीतिक/नागरिक पारिस्थितिक प्रणाली/वातावरण (Political/Civic Ecosystem) बनाउन लगानी गरेको थियो। त्यस प्रणाली/वातावरणले युवा नेतृत्त्व र नागरिक समाजमा आन्तरिक राजनीतिक परिस्थितिहरु संगै आफ्नो प्रभाव बढायो। त्यस प्रणाली/वातावरणसँग जोडिएका केही व्यक्तिहरू पछि नेपालको नयाँ राजनीतिक पुस्तामा देखा परे वा खुला भए।

२०२५ मा आन्तरिक असन्तुष्टिबाट वास्तविक जनविद्रोह भयो नाम “Gen-Z” आन्दोलन भएता पनि। त्यो आन्दोलनले पुरानो सरकार ढाल्यो। बालेन/रास्वपाले त्यसपछि बनेको राजनैतिक सुन्यतालाई निर्वाचन प्रक्रिया  मार्फत  कब्जा गरे। तर यी सबै घटनाहरू Washington ले एउटा गुरु योजना अनुसार सञ्चालन गरेको थियो भन्ने निर्णायक प्रमाण अहिलेसम्म भेटिएको छैन।

त्यसैले, “US influence existed” भन्न पर्याप्त प्रमाण छ। “US helped create a favorable political ecosystem” भन्न बलियो आधार छ। “US engineered the 2025 revolution and installed Balen” भन्न अहिले नै निष्कर्ष निकाल्नु तथ्य र प्रमाण भन्दा अगाडि जानु हुन्छ। र यही ठाउँमा The Grayzone को रिपोर्टलाई गम्भीरतापूर्वक पढ्नुपर्छ, तर उसको व्याख्यालाई तथ्यसँग छुट्याएर। “कागले कान लग्यो भनेर कागको पछाडि दौडिनु भन्दा पहिले आफ्नै कान छाम्नुपर्छ।” आजको सूचना प्रविधि, सामाजिक सञ्जाल र भ्रमपूर्ण प्रचार (Propaganda/Fake News) को युगमा यो उखान झनै सान्दर्भिक बनेको छ।

प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com