विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली लागेर एक युवक घाइते भएका छन्।

तिघ्रामा गोली लागेका उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको छ। घाइते युवकको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार स्थानीयबाट गोली चलेको सूचना आएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ। गोली चल्नुको कारणबारे भने अहिलेसम्म खुलेको छैन।

घटनाबारे थप अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको प्रशासनले जनाएको छ।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com